Breaking News
नेपालमा थप १५११ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं, भदौं ३१-
पछिल्लो २४ घण्टामा १५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार २०८ पीसीआर परीक्षण गर्दा एक हजार १६५ जना र तीन हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३४६ गरी एक हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने एक हजार ६८९ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ८१ हजार ९८९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार दुई पुगेको छ भने सात लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ जना रहेका छन् । जसमध्ये २४ हजार २२२ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ५५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४०७ जना आईसीयू र १२८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ४१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९३, मोरङमा १२०, ललितपुरमा ९८, कास्कीमा ९३, झापामा ८८ र सुनसरीमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ५३, रुपन्देहीमा ४६, भक्तपुरमा ३९, मकवानपुरमा २५, बाँकेमा १७, जुम्लामा १५, सुर्खेतमा १३, काभ्रेपलाञ्चोकमा १२, कैलालीमा ११ र धनुषामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
























