Breaking News
चितवनमा संविधान दिवसको अवसरमा तीन दिनसम्म घरघरमा दीपावली गर्न प्रशासनको अनुरोध
०

चितवन, भदौं ३१-
जिल्ला प्रशासन कार्यालय चितवनले संविधान दिवस २०७८ को अवसरमा तीन दिनसम्म घरघरमा दीपावली गर्न जिल्लाबासीलाई अनुरोध गरेको छ ।
प्रशासनले आज सूचना जारी गर्दै असोज २, ३ र ४ गते घरघरमा तीन दिनसम्म दिपावली गर्न अनुरोध गरेको हो । प्रशासनले भनेको छ, ‘चितवनमा संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संविधान दिवस समारोह समिति चितवनको निर्णय अनुसार सबै दिदीबहिनी, दाजुभाई तथा समग्र जिल्लाबासी आम नागरिक समक्ष दीपावली गर्न हार्दिक अनुरोध गर्दछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























