Breaking News

चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु, चितवनमा ५७ कोरोना संक्रमित थपिए

Banner

चितवन, भदौं ३१-

चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार विगत २४ घण्टामा चितवनका एक जनाको मेडिकल कलेजमा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ४४ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १२ जना, भेन्टिलेटरमा एक जना, एचडीयूमा १८ जना र सामान्य बेडमा १४ जना रहेका छन् । यो सँगै चितवनमा विगत २४ घण्टामा विभिन्न अस्पतालबाट तीन जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
त्यसैगरी चितवनमा विगत २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ४७ जना, माडीमा चार जना, रत्ननगर नगरपालिकामा तीन जना, राप्तीमा एक जना, कालिकामा दुई जना थपिएका हुन् । चितवनमा सक्रिय संक्रमितको संख्या ६७४ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा ६४४ जना र अस्पतालको आइसोलेसनमा ३० जना रहेका छन् । आज एक जनाले ज्यान गुमाएसँगै चितवनमा कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेहरुको संख्या ४०८ जना पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>