Breaking News

माधव नेपालमाथि केपी ओलीले लगाए गम्भिर आरोप

०
Banner

बुटवल भदौ ३०–

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीबाट फुटेर गएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालमाथि गम्भिर आरोप लगाएका छन् ।

नेकपा एमाले रुपन्देहीले आज (बुधबार) बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गम्भिर आरोप लगाउँदै माधव नेपाललाई अपराधीको संज्ञा दिए । माधव नेपाल जनविरोधी अपराधी भएको ओलीको आरोप छ ।

‘माधव नेपाललाई कामरेड भन्न मिल्दैन, उनले पार्टीलाई ध्वस्त पार्ने काम गरे,’ ओलीले भने, ‘साथीहरु भन्नुहुन्छ, माधव नेपाल कामरेड । उनी कामरेड होइन, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन् ।’

अध्यक्ष ओलीले माधव नेपाल सधैं पार्टी नेतृत्वको सरकारको विरोध गरेर आफ्नै सरकार ढाल्ने पात्र भएको आरोप लगाए ।

यस्तै अध्यक्ष ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना समेत गरेका छन् । नेयो सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>