समाचार

एम्बुलेन्सको ठक्करबाट साइक यात्रीको मृत्यु, राजमार्ग अवरुद्ध

Banner

धनगढी, भदौ ३०-

एम्बुुलेन्सको ठक्करबाट कञ्चनपुुरमा एकजना साइक यात्रीको मृत्युु भएको छ ।

पूूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुुर नगरपालिका-५ बाट महेन्द्रनगर जाँदै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्युु भएको प्रहरीले जनाएको छ ।

एम्बुुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको सुुदूरपश्चिमप्रदेशको ट्राफिक प्रहरी कार्यालयले जानकारी दियो ।

ठक्कर दिने चालक भीमदत्त नगरपालिका -१६ बस्ने ४० वर्षीय गणेश विष्ट र नेपाल रेडक्रस सोसाइटी उपशाखा ऐरीको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुुर्घटनापछि स्थानीयले पूूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् । उनीहरुले टायर बालेर प्रर्दशनसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>