चितवन विशेष
कांग्रेस भरतपुर महानगरको सहसचिवमा पण्डितको उम्मेदवारी घोषणा

चितवन, भदौं २९-
नेपाली कांग्रेसका युवा नेता उपेन्द्र पण्डितले महानगरको सह–सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
१२ वर्षको उमेरदेखि कांग्रेसको राजनीतिमा लागेका पण्डित पहिलो पटक पार्टीको पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
विसं २०४६ सालमा अरुणोदय मावि गितानगरबाट आफ्नो राजनीतिक यत्रा सुरु गरेका पण्डितले २०४८ को निर्वाचनको समयमा प्रचार प्रसारमा खटिँदा नेपाली सेनाको कुटाइ समेत खाएका थिए । विसं. २०६२–६३ को आन्दोलनमा नारायणगढबाट भरतपुर कब्जा गर्ने मोर्चामा अग्र भागमा रहेर काम गरेका उनले विभिन्न सामाजिक संघ संस्थामा रही काम गर्दै आएका छन् ।
कांग्रेसको १४ औ महाधिवेशनमा आफू सहसचिवमा निर्वाचित भए पार्टीलाई बिधि बिधानअन्तर्गत सञ्चालन गर्दै बलियो कांग्रेस बनाउने उनले बताए । सबैलाई मिलाएर लैजाने कुरामा कुनै कसर बाँकी नराखी पार्टीलाई बलियो बनाउने उनको भनाइ थियो । महाधिवेशनका क्रममा मैदानमा आएका उम्मेदवारलाई सम्मान गर्ने बताउँदै उनले आफू बलियो उम्मेदवार रहेको दाबी गरेका छन् ।
























