Breaking News

सर्वोच्चको आदेशः पाण्डे र भट्टले नेकपा (एस) रोज्न पाउने

Banner

काठमाडौँ भदौ २९–

सर्वोच्च अदालतले नेकपा (एमाले)का दुई सांसदको पक्षमा आदेश दिएको छ । जसअनरुप नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने भएका छन् ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । यससंगै माधव नेपालको पक्षमा थप दुई सांसद हुने भएको छ ।
माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर २ भदौमा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गर्न मानेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>