Breaking News

केपी ओलीको आरोपः प्रचण्ड धोकेबाज नेता हुन्

Banner

विराटनगर, भदौ २९–

गृहजिल्ला झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालको चर्को आलोचना गरेका छन् । झापामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाज नेताको संज्ञा दिए ।

उनी त्यतिमा मात्रै रोकिएनन् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न समेत आह्वान गरेका छन् । उनले अहिले पनि एमाले माओवादीसंगै एकताले बनेको पार्टी रहेको भन्दै माओवादीका प्रभावशाली नेताहरु एमालेमै रहेको भन्दै कार्यकर्ताहरुलाई फकाएका थिए । यस्तै ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताए । पिलो निचारिँदैमा वजन घटेको हुन्न भन्ने गायक जीवन शर्माको गीत स्मरण गर्दै उनले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’

नेता नेपालमाथि खनिएका ओलीले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उनको पार्टी नक्कली नक्कली भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>