Breaking News
चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु, चितवनमा ६५ संक्रमित थपिए

चितवन, भदौं २८-
चितवनमा कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार मृत्यु भएका संक्रमित नवलपरासी जिल्लाका हुन् ।
चितवनका विभिन्न अस्पतालमा ५१ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १७ जना, एचडीयूमा १९ जना र सामान्य बेडमा १५ जना रहेका छन् ।
विगत २४ घण्टामा कोरोना संक्रमणको कारणले विभिन्न अस्पतालबाट आठ जना डिस्चार्ज भएका छन् । त्यसैगरी चितवनमा विगत २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ४४ जना, खैरहनी नगरपालिकामा सात जना, माडी नगरपालिकामा ६ जना, रत्ननगर नगरपालिकामा सात जना र राप्ती नगरपालिकामा एक जना रहेका छन् । चितवनमा सक्रिय संक्रमितको संख्या ७०४ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा ६७६ जना र अस्पतालको आइसोलेसनमा २८ जना रहेका छन् । चितवनमा आजसम्म कोरोनाबाट ४०५ जनाले ज्यान गुमाएका छन् ।
























