Breaking News

चितवनमा काठ तस्करीको आरोपमा तीन जना पक्राउ, झण्डै ६० क्युफिट काठ बरामद

Banner

चितवन, भदौं २७-

चितवनमा काठ तस्करीको आरोपमा डिभिजन वन कार्यालयले तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो इच्छाकामना–७ स्याङ्दी गाउँको अमृत चोकबाट ४०.५८ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको हो । अमृत चोकबाट बाघखोर सिमलधाप जाने बाटोमा रहेको कालिखोला घोलमा माथिबाट ढुंगाले छोपी ४०.५८ क्युफिट साल चिरान काठ लुकाई छिपाई लँैजादै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

डिभिजन वन कार्यालय चितवन, हरिपुर सव डिभिजन वन कार्यालय र चण्डिथान सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता समेतको गस्ती टोलीबाट ना. ५. त ६३८१ नम्बर को ना. ७ त १४२ नं को टेक्टरसहित कालिका नगरपालिका–२ बस्ने टेक्टर चालक २० वर्षीय उदेश तामाङ र उक्त चोरी निकासी कार्यमा सहयोगी रहेका रत्ननगर नगरपालिका–१२ सालघारी बस्ने शक्ति तामाङ र विशाल लामालाई पक्राउ परी अनुसन्धान कार्य भइरहेको डिभिजन वन कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।

त्यसैगरी आज बिहान डिभिजन वन कार्यालय चितवन तथा भरतपुर सव डिभिजन वन कार्यालयका वन कर्मचारीहरुको गस्ती टोलीले भरतपुर महानगरपालिका–११ सिद्धीविनायक टोलबाट सालको १८.९५ क्युफिट काठ बरामद गरेको छ ।

कृष्णबहादुर खड्का सञ्चालक रहेको त्रिशाद फर्निचरबाट गोलिया ६ थानको सो परिमाणको काठ बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । सञ्चालक खड्का भने फरार रहेका छन् । यो सँगै डिभिजन वन कार्यालयको हिरासतमा शनिबार पक्राउ गरिएको तीनसहित विभिन्न आरोपमा पक्राउ परेका पाँच जनालाई राखिएको प्रमुख डिभिजनल वन अधिकृत पदमराज नेपालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>