बजार

डीजो ब्रान्डका उत्पादनहरु नेपाली बजारमा

Banner

चितवन, भदौं २७-

डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ ।

आज एक विज्ञप्ति प्रेषित गर्दै ‘डी–जो’ भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरुलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरुलाई मध्य नजर गरेर विभिन्न समाधानको समस्याहरुलाई हल गर्नु हो । आफ्ना उपभोक्ताहरुलाई ‘फरक हुन’ र सामाजिक रूपबाट धेरै सक्रिय र अद्वितीय हुनको लागि आग्रह गर्दै, डीजोले उपभोक्ताको व्यक्तित्वको प्रशंसा गर्ने टेक्नोलोजीको प्रस्तुति दिएको छ । जसले उपभोक्ताहरुलाई सशक्त बनाउँछ र उनीहरुको व्यक्तित्वको विस्तार हुन्छ । डीजाकोे मुख्य दर्शन भनेको अहिले सम्मको यात्रालाई स्मार्ट टेक लाइफद्वारा अझ राम्रो बनाउनु भएको विज्ञप्तिमा उल्लेख छ । डीजोले सबैलाई आफुले बाँचा गरेको जीवनको आनन्द उठाउन सशक्त बनाउने लक्ष्य राखेको जनाइएको छ ।

डीजो रियलमीका साथ आफ्नो उपभोक्ताको लागि ब्रान्डहरु मध्येको सबै भन्दा गुणस्तर उत्पादन ल्याउनेमा प्रतिबद्ध रहेको छ । वास्तवमा, डीजो रियलमी सपोर्टका साथ तीन वटा प्रमुख एस्पेक्टमा आउँदछ । औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्स जुन रियल मी लिंक एप्लिकेसनसँग राम्ररी काम गर्दछ । डीजोको फोकस भनेको एआईओेटी उत्पादनहरुको एक सम्पूर्ण रेन्जको एउटा पोर्टफोलियो बनाउनु हो जसलाई उपभोक्ताहरुले आफ्नो दैनिक जीवन शैलीमा उपयोग गर्न सक्छन् । त्यो कुरालाई ध्यानमा राखेर, डीजोको चार वटा प्रमुख उत्पादनका श्रेणीहरु–स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरु मा ध्यान केन्द्रित रहेको छ ।

कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ जसको डिजाइनमा प्रीमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ । अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन२.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ । एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्दछ यिनीहरु पनि उपलब्ध रहेका छन् । डीजो स्टार ३०० को मूल्य दुई हजार ७८ रुपैयाँ, डीजो स्टार ५०० को मूल्य दुई हजार ८७८ रुपैयाँ, गोपड्सको मूल्य छ हजार ६९,गोपड्स डीको मूल्य दुई हजार ८९९ र स्मार्ट घडीको मूल्य छ हजार ४६४ रुपैयाँरहेको कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>