समाचार
तीन वर्षकी बालिका भेटिइन् मृत
०

गुल्मी, भदौ २७-
गुल्मीमा तीन वर्षकी बालिका मृत भेटिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रदास पाण्डेका अनुसार जिल्लाको मदाने गाउँपालिका वडानम्बर-२ भेडिखोर निवासी तीन वर्षकी आयुशा पोखरेल मृत फेला परेकी हुन्।
बालिका शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । घरदेखि ५०० मिटर पर खोल्सामा उनलाई आइतबार बिहान प्रहरी र स्थानीयले मृत फेला पारिएको डीएसपी पाण्डेले बताए।
घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षकको टोली खटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























