अन्तर्राष्ट्रिय

अफगानिस्तानको राजधानीमा पाकिस्तानविरुद्ध नाराबाजी

Banner

काबुल। अफगानिस्तानको राजधानी काबुलमा बुधबार पाकिस्तानविरुद्ध नाराबाजी गरिएका छन्। आतंवादी संगठन तालिबानलगायतका समूहलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आएको पाकिस्तानकै काराण मुलुकमा तालिबानले सत्ता कब्जा गरेको भन्दै राजधानी काबुमाल पाकिस्तानविरुद्ध नाराबाजी गरिएको हो।

राजधानी काबुलमा भएको पाकिस्तानविरुद्धको आन्दोलमा करिब एक हजारभन्दा बढी मानिसहरुको सहभागीता रहेको थियो। उनीहरुले पाकिस्तनमा रहेको नियन्त्रणमा रहेको सरकार आवश्यक नभएको भन्दै नाराबाजीसहित आन्दोलन गरेका हुन्।

तालिबानले मंगलबार इस्लामिक इमिरेट्स नाम दिएर नयाँ सरकार घोषणा गरेको हो। तालिबानले उक्त सरकारलाई कामचलाउ सरकारको नाम दिएको छ। सरकारको प्रमुख संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएका व्यक्ति छन् भने गृह मन्त्रालयको जिम्मेवारी अमेरिकाले आतंककारीको सूचीमा राखेको र एफबीआईको मोस्ट वान्टेड सूचीमा रहेको व्यक्ति रहेका छन्।

अफगान सरकारविरुद्ध लड्नका लागि तालिबानलाई पाकिस्तानले सैन्य र लडाकू सहयोग गरेको थियो। यता अमेरिकाले पाकिस्तानलाई आतंकवादविरुद्ध लड्नका लागि आर्थिक सहयोग गरिरहेको भए पनि पाकिस्तानले भने आतंवादी संगठनलाई नै पालनपोषण गरिरहेको पाइएको हो।

पाकिस्तानको दोहोरो चरित्रको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ। तर, पाकिस्तनले भने तालिबान सरकार गठनलाई उपलब्धीको रुपमा ब्याख्या गरेको छ । तालिबान सरकार गठनलाई चीनले पनि स्वागत गरेको छ। तर, अमेरिकाले भने काम हेरेर मूल्यांकन गर्ने प्रतिक्रिया दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>