समाचार

बलात्कारको आरोपमा तीन पक्राउ

Banner

रूपन्देही, भदौ २६-

एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित युवतीको जाहेरीको आधारमा बंगलाचुली गाउँपालिका वडानम्बर ७ बिर्खेका तीन युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बंगलाचुली-७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्गी र २० वर्षीय याम बहादुर मास्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जनकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तीजको दरखाने दिन बिहान ३-४ बजेको समयमा घर जाँदै गरेकी १८ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवाहरूलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>