समाचार
४१ जनालाई प्रहरीमा जागिर लगाएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिने कांग्रेसका कार्यकर्ता पक्राउ
०

काठमाडौं,भदौ २६-
नेपाली कांग्रेसका प्युठानका जिल्ला उपसभापति बद्री लम्सालको सिफारिसमा जिल्लाका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्किएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएर स्टाटस लेख्ने कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।
यसैबीच कांग्रेसका जिल्ला उपसभापति बद्री लम्सालले विज्ञप्ति जारी गर्दै आफूलाई बदनाम गराएर महाधिवेशनमा पराजित गर्ने नियतले भ्रामक प्रचार गरिएको बताएका छन् । उनकै आग्रह र उजुरीअनुसार सामाजिक सन्जालबाट भ्रामक प्रचार गरेको भन्दै गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
फेसबुक वालमा जिल्ला उपसभापति लम्सालको नामको सिफारिस र प्रहरीमा नाम निस्केकाहरुको नामसहित सार्वजनिक गर्ने नरेन्द्र गुरुङलाई प्युठान प्रहरीले शनिबार जुम्रीबाट पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























