Breaking News
एमाले स्थायी कमिटी बैठक आज बस्दै
०

काठमाडौँ, भदौ २५–
नेकपा (एमाले) ले आज शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ ।
यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















