Breaking News

चितवनमा कोरोना संक्रमितको दैनिक मृत्यु निरन्तर शून्यमा, सक्रिय संक्रमितको संख्या हजार तल

Banner

चितवन, भदौं २४-

चितवनमा कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेको संख्या विगत केही दिनदेखि निरन्तर शून्यमा पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या घटेसँगै बुधबार र बिहीबार कोरोना संक्रमणबाट हुने दैनिक मृत्यु शून्यमा झरेको हो । अस्पतालमा उपचार गराउने बिरामीको संख्या पनि निरन्तर घट्दो क्रममा रहेको देखिन्छ ।

चितवनका विभिन्न अस्पतालमा अहिले ६१ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा २७ जना, भेन्टिलेटरमा सात जना, एचडीयूमा ११ जना र सामान्य बेडमा २३ जना रहेका छन् । साउनमा बिरामीको संख्या बढेर ३०० बढी पुगेको थियो ।

त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ११ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । चितवनमा विगत २४ घण्टामा ३८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ३० जना, रत्ननगरमा पाँच जना, राप्तीमा एक जना र कालिकामा दुई जना रहेका छन् । यो सँगै चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या घटेर ८३१ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा ७९० जना र अस्पतालको आइसोलेसनमा ४१ जना रहेका छन् । चितवनमा साउनको अन्त्यतिरसक्रिय संक्रमितको संख्या २५ भन्दा धेरै थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>