चितवन विशेष

कांग्रेस राप्ती नगर सभापतिमा देवेन्द्र लामाले उम्मेदवारी दिने

Banner

चितवन, भदौ २४-

नेपाली कांग्रेस राप्ती नगर समितिको सभापतिमा उम्मेदवारी दिने युवा नेता देवेन्द्र लामाले घोषणा गरेका छन् ।

राप्ती नगरपालिका–३ झुरझुरेमा आज पत्रकार सम्मेलन गरी लामाले आगामी कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आगामी स्थानीय तहको निर्वाचन जिताउने लक्ष्यका साथ आफूले उम्मेदवारी दिन लागेको राप्ती ९ का वडाध्यक्ष समेत रहेका लामाले बताए । वर्तमान समितिका कारण पार्टी, संगठन चलायमान हुन सकेन लामाले भने, ‘निष्कृय समितिलाई क्रियाशिल बनाउँदै स्थानीय तहको चुनावमा पार्टीलाई जिताउने लक्ष्य हो ।’ हाल नारायण उप्रेती नगर सभापति छन् । लामा राप्तीमा लोकप्रिय छवि बनाएका नेताका रुपमा परिचित छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले राप्ती ९ र १२ नम्बर वडा मात्र जितेको थियो । यही भदौ २७ गते हुने कांग्रेसको नगर समितिको निर्वाचन हुँदैछ । जसमा आफ्नो पक्षमा १५० बढी मत ल्याउने सभापति पदमा उम्मेदवारी घोषणा गरेका लामाले दाबी गरे । निर्वाचनमा करिब २३० मत खस्ने अनुमान छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मतदानमा सहभागिता जनाउनेछन् । हालै सकिएको वडा अधिवेशनमा आफ्नो पक्षमा ८ वटा वडामा सभापति जितेको लामाले बताए । पत्रकार सम्मेलनमा उनका पक्षका सात वडा सभापति उपस्थित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>