Breaking News

चितवनमा कोरोनाबाट थप दुईसहित आजसम्म ४०४ जनाले ज्यान गुमाए, ५२ संक्रमित थपिए

Banner

चितवन, भदौं २२

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा दुई जनाले कोरोना संक्रमणको कारणले ज्यान गुमाएका हुन् । मृतकहरु मध्ये गोरखाका एक जना र चितवनका दुई जना रहेका छन् । आज चितवनका दुईसहित कोरोना संक्रमणबाट ४०४ जनाले ज्यान गुमाएका छन् ।

चितवनका विभिन्न अस्पतालमा ६८ जना कोरोना संक्रमित बिरामीहरुले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा २९ जना, भेन्टिलेटरमा सात जना, एचडीयूमा १७ जना र जेनरल बेडमा २२ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २२ जना कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएका छन् ।
त्यस्तै चितवनमा विगत २४ घण्टामा ५२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ३९ जना, खैरहनीमा चार जना, रत्ननगरमा दुई जना, राप्तीमा एक जना र कालिकामा चार जना संक्रमित थपिएका हुन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ९३२ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा ८७८ जना र अस्पतालको आइसोलेसनमा ५४ जना रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>