Breaking News

इच्छाकामनामा कांग्रेसको ६ वडामा सर्वसम्मत समिति, को–को बने सभापति ? (नामसहित)

Banner

चितवन, भदौ २१–

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज (सोमबार) इच्छाकामना गाउँपालिकामा निर्वाचन भएको छ । गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ६ वटामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै वडा नं. ४ भने सर्वसम्मत गर्ने प्रयास विफल भएपछि मंगलबार मतदान हुने भएको छ । सभापतिमा राजेन्द्रदेव त्रिपाठी, खड्क बहादुर थापा र बुद्धिप्रसाद सिलवालले उम्मेद्वारी दिएपछि सर्वसम्मत नेतृत्व चयन गर्न नसकिएको मतदान अधिकृत देवबहादुर गुरुङले नारायणी अनलाइनलाई जानकारी दिए ।

उनका अनुसार खुल्ला तर्फको क्षेत्रीय प्रतिनिधि, महिलातर्फको खुल्ला क्षेत्रीय प्रतिनिधिमा पनि मतदान हुनेछ । मतदान समय विहान ८ बजेका लागि तय भएको मतदान अधिकृत गुरुङले जानकारी दिए ।

यी हुन् सर्वसम्मत निर्वाचित वडा सभापतिहरु :

वडा नं.१ : सभापतिः नरबहादुर राना (सर्वसम्मत)

वडा नं.२ : सभापतिः एकबहादुर अधिकारी (सर्वसम्मत)

वडा नं.३ : सभापतिः रामबहादुर गुरुङ (सर्वसम्मत)

वडा नं.४ : सभापतिः (मतदान हुने)

वडा नं.५ : सभापतिः राजेन्द्र त्रिपाठी (सर्वसम्मत)

वडा नं.६ : सभापतिः धनसिंह गुरुङ (सर्वसम्मत)

वडा नं.७ : सभापतिः मानबहादुर गुरुङ (सर्वसम्मत)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>