चितवन विशेष

इनर ह्वील क्लबले वृद्धाश्रममा दर खुवायो

०
Banner

चितवन, भदौ २१–

इनर ह्वील क्लब भरतपुरले तीजको सन्दर्भ पारेर देवघाटको समाज कल्याण वृद्धाश्रममा त्यहाँ आश्रय लिएका जेष्ठ नागरिकहरुलाई दर स्वरुप विशेष भोजन गराएको छ ।

महिलाहरुको क्लब इनर ह्वीलले महिलाहरु कै विषेश पर्व तीजमा यो कार्यक्रम आयोजना गरेको इनर ह्वील क्लब भरतपुरका अध्यक्ष विमला अर्याल अधिकारीले बताउनु भयो ।

क्लबका पुर्व अध्यक्ष डम्बरकुमारी पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमको संयोजक सन्ध्या चुके रहनु भएको थियो । वृद्धाश्रमका व्यवस्थापक देवु अधिकारीले भोजन गराउन आउने क्लबका समस्त पदाधीकारी र सदस्यहरु प्रति आभार व्यक्त गर्नु भएको थियो । क्लबले महिला र सामाजिक विषयमा गतिविधिहरु गर्दै आएको सचिव माया निउरेले जानकारी दिनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>