समाचार

बालगृहमा बस्दै आएकी बालिका बलत्कृत , पेटमा १० हप्ताको बच्चा

Banner

दाङ, भदौं २१-

रूकुम पश्चिमकको सिस्ने हिमाल बालगृहमा बस्दै आएकी एक १२ वर्षीया बालिकाको पेटमा १० हप्ताको बच्चा भएको पुष्टी भएको छ ।

रूकुम पश्चिमकको सिस्ने हिमाल बालगृह सञ्चालकका छोरा रवि भनिने कुस्माकर चनाराले गृहमा बस्दै आएकी एक १२ वर्षीया बालिकालाई  बलात्कार गरेको पाइएको छ।

आठबीसकोट नगर अस्पतालको स्वास्थ्य रिपोर्टबाट बालिकाको पेटमा १० साताको गर्भ रहेको पुष्टी भएको हो।

आठबीसकोट नगरपालिका- ११ स्थित सिस्ने हिमाल बालगृहमा बस्दै आएकी ती बालिकाले बालगृह सञ्चालकका छोराले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।

बालिकाले दिएको जाहेरीमा हाल काठमाडौं बस्दै आएका चनाराले आफूलाई पटकरपटक बलात्कार गर्दै आएको उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>