धादिङ

बढी रकम लिने र फोहोर गर्ने राजमार्गका दुई होटललाई जरिवाना

Banner

धादिङ, भदौ २०-

जिल्ला अनुगमन समितिले बजार अनुगमन गर्दा शनिबार दुई होटललाई जरिवाना गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको संयोजकत्वमा गरिएको होटल अनुगमनका क्रममा थाक्रे गाउँपालिकाका दुई होटललाई कारवाही गरिएको हो ।

अनुगमनका क्रममा थाक्रे–८ चार किलामा रहेको न्यू गण्डकी स्टाफ होटल र थाँक्रे–१, एक्लेफाँटमा रहेको जालपा होटललाई रु पाँच÷पाँच हजारका दरले जरिवाना गराइएको उपाध्यायले बताउनुभयो । निर्धारित मूख्यभन्दा बढी रकम लिएको, कोभिड–१९ को स्वास्थ्य मापदण्ड पालना नगरेको र सरसफाइमा ध्यान नदिएको पाइएका कारण कारवाही गरिएको थियो । अनुगमनमा पहिलो पटकका लागि न्यूनतम जरिवाना गरिएको र दोहोरिए कारवाही थप हुने अनुगमन समितिले जनाएको छ । कोरोना महामारीपछि जारी गरिएको निषेधाज्ञापछि अनुगमन थालिएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>