चितवन विशेष
अखिल नेपाल महिला संघ (क्रान्तिकारी), पटिहानीको अध्यक्षमा महतो

चितवन, भदौ २०–
अखिल नेपाल महिला संघ (क्रान्तिकारी), भरतपुर–२२, पटिहानीको अध्यक्षमा अनिता महतो चयन भएकी छन् ।
नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठन रहेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को भेलाले महतोको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
समितिको उपाध्यक्षमा जमुना ढकाल, सचिवमा सिर्जना घिमिरे र कोषाध्यक्षमा लक्ष्मी अर्याललाई चयन भएका छन् । सर्वसम्मत निर्वाचित कमिटीले हिरामाया महतोलाई ईन्चार्ज बनाउने निर्णय समेत गरेको माओवादी केन्द्रका भरतपुर महानगर कमिटी सदस्य एवम् प्रचार विभागका रामहरि सेढाईले जानकारी दिए ।
पार्टीका जिल्ला कार्यालय सदस्य एवम् क्षेत्र नम्बर ३ का संयोजक अन्जानकुमार तिमिल्सिनाको प्रमुख आतिथ्यता, प्रदेश सांसद रामलाल महतोको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगर कमिटी सदस्यहरु सुमन ढकाल, बिना बोटे त्यस्तै जिल्ला सल्लाहकार गोबिन्द पौडेल, वडा कमिटी अध्यक्ष सन्तोष शर्मा लगाएतको उपस्थिति रहेको थियो ।
भेला निर्वतमान अध्यक्ष शकुन्तला ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।






















