Breaking News

भरतपुर अस्पतालमा दुई र चितवन मेडिकल कलेजमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु

Banner

चितवन, भदौं २०-

भरतपुर अस्पतालमा दुई र चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर अस्पतालमा चितवनका दुई जना र चितवन मेडिकल कलेजमा दाङको एक जनाको मृत्यु भएको हो ।
योसँगै चितवनमा कोरोना संक्रमणको कारणले ४०१ जनाले ज्यान गुमाएका छन् । अहिले चितवनका विभिन्न अस्पतालमा ८९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ३७ जना, भेन्टिलेटरमा ६ जना, एचडीयूमा २१ जना र जेनरल बेडमा ३१ जना रहेका छन् । विगत २४ घण्टामा कोरोना संक्रमणबाट सात जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी चितवनमा विगत २८ घण्टामा २४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये भरतपुर महानगरपालिकामा २७ जना र माडी नगरपालिकामा १ जना रहेका छन् । चितवनमा सक्रिय संक्रमितको संख्या घटेर एक हजार १९ पुगेको छ । जसमा घरमा आइसोलेसनमा ९५६ जना र अस्पतालको आइसोलेसनमा ६३ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>