समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु

Banner

दाङ,  भदौ २०-

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–४ हसनपुर निवासी ४६ वर्षीय शिव गिरीको हो । गएराती लमही–५, रातोडाँडा भन्ने स्थानबाट हसनपुरतर्फ जाँदै गरेको रा ७ प ७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

गम्भीर घाइते गिरीको  उपचारकै क्रममा राती पौने १२ बजे मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>