चितवन विशेष

राप्तीका विपन्न परिवारलाई खाद्यान्न सहयोग

Banner

चितवन, भदौ १९-

पूर्वी चितवनको राप्ती नगरपालिकाका विपन्न नौं परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

समाजसेवी मुरलीप्रसाद गजुरेलको नेतृत्वमा राप्ती -५ मंगलटाँडीका ती विपन्न परिवारलाई आज खाद्यान्न सहयोग गरिएको हो ।

राप्तिकी समाजसेवी अनिता खरेलले ती परिवारको अवस्थाका बारे जानकारी गराएपछि खैरहनीका समाजसेवी गजुरेलले आर्थिक संकलन गरेका थिए । नेपाल घर भई हाल विदेश बस्दै आएका दुई जना र स्थानीय व्यवसायीले आर्थिक सहयोग गरेका थिए ।

सोही आर्थिक सहयोगबाट खाद्यान्न खरिद गरी चेपाङ र दलित समुदायका नौं परिवारलाई खाद्यान्न बितरण गरिएको समाजसेवी मुरलीप्रसाद गजुरेलले बताए । उनीहरुलाई एक बोरा चामल, एक किलो नुन, एक किलो दाल र एक लिटर खाने तेल प्रदान गरिएको गजुरेलले जानकारी दिए ।

मंगलटाँडीका कृष्णमाया चेपाङ, कान्छीमाया चेपाङ, बहादुर चेपाङ, सूर्यबहादुर चेपाङ, बिजबहादुर विक, रेशम्नी परियार, आइतिमाया विक, दोमन्त विक र बिरे तामाङलाई खाद्यान्न प्रदान गरिएको हो । समाजसेवीहरु मुरलीप्रसाद गजुरेल र अनिता खरेलले संयुक्तरुपमा उनीहरुलाई खाद्यान्न वितरण गरेका थिए । आज खाद्यान्न सहयोग गर्नेहरु हाल अमेरिका बसोबास गर्दै आएका शोभा पाण्डे र शिला रेग्मी तथा खैरहनी नगरपालिका–८ पर्सा मगनी चोकका व्यवसायी राम उप्रेतीले खाद्यान्न प्रदान गर्न आर्थिक सहयोग गरेका थिए । समाजसेवी गजुरेलले विपन्न परिवारले खान लाउन नपाएकाहरुलाई आर्थिक सहयोग जुटाइ सहयोग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>