Breaking News

ओलीलाई मन्त्री कार्कीले भेटेको भन्दै प्रचण्ड र माधव नेपाल शशंकित, सत्ता गठबन्धनमा खटपट

Banner

काठमाडौं, भदौं १९-

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले धमाधम नियुक्ती र सरुवा गर्न थालेपछि सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको छ ।

अझ यसबीचमा देउवाले आफ्नो दूतका रुपमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रमुख विपक्षी नेता केपी ओली भेट्न पठाएपछि प्रचण्ड र माधव नेपाल शशंकित भएका छन् ।

सत्ता गठबन्धनका मुख्य शीर्ष नेता देउवा, प्रचण्ड र माधव नेपालबीच आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । शुक्रबार पनि शीर्ष नेताहरुको बैठक बसेको थियो ।

मन्त्रालय बाँडफाँटमै समस्या आएकाले नेताहरु छलफलमा छन् । भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय सकिएपछि अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्न नेताहरु सहमत छन् ।

यसबीचमा मन्त्रालय भागबण्डा टुंगो लगाउने, बजेटमा सहमति जुटाउने र एमसीसीको सन्दर्भमा समेत सत्ता गठबन्धनको साझा धारणा बनाउने गरी नेताहरुबीच छलफल चलिरहेको कांग्रेस महामन्त्री पूर्णवहादुर खड्काले बताए ।

सत्ता गठबन्धनमा कुनै खटपट नभएको भन्दै उनले संसद सञ्चालन लगायतका विषयमा विपक्षी दलसँग सरकारले कुराकानी गर्नु स्वभाविक रहेको बताए । तर, पशुपति विकास कोष, योजना आयोग लगायतका नियुक्तिमा समेत सत्ता गठबन्धनका अन्य नेताले आपत्ति जनाएका छन् ।

नेकपा एकीकृुत सद्भावनाका एक नेताले भने, ‘मन्त्रिपरिषद् विस्तार हुँदा सम्बन्धित मन्त्रीले गर्नुपर्ने काम धमाधम अहिले प्रधानमन्त्रीले आफूले सम्हालेका मन्त्रालयमा मन्त्रिस्तरीय निर्णयबाट गरिरहनु भनेको अब नियुक्त हुने मन्त्री हेरालुमात्र बन्ने स्थिति हो । पर्यटनमन्त्रालय कसको भागमा पर्ने भन्ने थाहा छैन तर ठूला नियुक्ति आर्थिक चलखेलमा हुन थालेपछि त्यहाँ नयाँ मन्त्री गएर गोठालो लाग्ने बाहेक के हुन्छ ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>