धार्मिक/सांस्कृतिक

आइतबारदेखि मनकामना केबलकार सञ्चालनमा आउने

Banner

काठमाडौं, भदौ १८-

कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।

‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आउँदो भाद्र २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने जानकारी मनकामना दर्शन प्रालिले दिएको हो ।
त्यस्तै कम्पनीले सम्पूर्ण यात्रुहरूलाई स्वास्थ सुरक्षा अनिवार्य पालना गर्न समेत अनुरोध गरेको छ । मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ ।यस्तै मनकामना मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसार हुने पनि जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>