मौसम
आज देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना
०

काठमाडौं,भदौं १८-
मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा केही तल रहेको छ । जसका कारण मनसुनी प्रणाली रहे पनि मनसुन थप सक्रिय भएको छैन । र, केही दिन यता देशका अधिकांश स्थानमा झरी परेको छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी, कर्णाली,बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























