चितवन विशेष

भरतपुरको मैयादेवी क्याम्पसको प्रमुखमा डा सुवेदी नियुक्त, आज पदस्थापन

Banner

चितवन, भदौं १७-

मैयादेवी क्याम्पसको क्याम्पस प्रमुख सहप्राध्यापक डा विश्वराज सुवेदी नियुक्त भएका छन् । क्याम्पस प्रमुखमा नियुक्त सुवेदीले आजबाट पदस्थापन गर्दै काम सुरु गरेका हुन् ।

२०५९ सालबाट क्याम्पसमा प्राध्यापन सुरु गरेका सुवेदी यसअघि दुई कार्यकाल सहायक क्याम्पस प्रमुख र एक कार्यकाल प्राध्यापक संघको सभापति भएर काम गरिसकेका छन् । भारतको राजस्थानमा रहेको मेवार विश्वविद्यालयबाट पर्यटनमा पीएचडी गरेका सुवेदीले आगामी दिनमा क्याम्पसमा प्रविधि र अनुसन्धानलाई सँगसँगै अगाडि बढाउने नारायणी अनलाइनलाई बताए ।

उनले भने, ‘क्याम्पसले विश्वविद्यालय अनुसन्धान आयोगबाट गुणस्तरको प्रमाणपत्र पाउन क्यूएएको पहिलो चक्र पूरा गरिसकेको छ । अब क्याम्पसले सो प्रमाणपत्र दिलाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने काममा म केन्द्रित हुनेछु । ई–लाइब्रेरी र कम्पयुटर ल्याबलाई थप व्यवस्थित बनाएर अगाडि बढ्नेछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>