Breaking News

कांग्रेसमा गगन थापाको गुट परिवर्तन, सिटौंला छाडेर पौडेललाई रोजे

०
Banner

 

काठमाडौँ, भदौं १७
नेपाली कांग्रेस पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका गगन थापाले एक्कासी गुट परिवर्तन गरेका छन् ।
यसअघि कृष्णप्रसाद सिटौलको क्याम्पमा रहँदै आएका थापा आज रामचन्द्र पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भएर गुट परिवर्तन गरेका हुन् ।

पौडेल पक्षले आउँदो महाधिवेशनबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापा सहभागी भएका छन् । यससँगै उनले आउँदो महाविधेशनमा पौडेल क्याम्पबाट प्रतिस्पर्धा गर्ने संकेत गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>