Breaking News

भरतपुर अस्पतालमा अख्तियारको छापा, औषधि किनबेचमा मनपरी गरेको आरोप

Banner

चितवन, भदौं १७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर अस्पतालमा छापा मारेको छ ।

अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले आज छापा मारेको हो ।

अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णुप्रसाद सापकोटासहित ५ जनाको टोलीले अहिले अध्ययन गरिरहेको छ । टेन्डरमा सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसी तर्फकालाई नदिएर सीएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतका उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

आयोगको हेटौंडास्थित कार्यालयका प्रवक्ता समेत रहेका सापकोटाले अनुसन्धानको लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम भइरहेको बताए ।

‘अस्पतालको फार्मेसीमा अनियमितता भएको उजुरी परेको थियो, अनुसन्धानको लागि आवश्यक कागजात जुटाउन अस्पतालमा छौं,’ उनले भने, ‘ लेखा शाखाबाट आवश्यक कागजात लिन्छौं, फार्मेसी र औषधिको मौज्दातको अवस्था बुझ्छौं ।’ देशकै ठूला अस्पतालमध्ये पर्ने भरतपुर अस्पतालमा सेवा प्रवाह प्रभावकारी नभएको, पटक पटक राजनीतिक पहुँचका आधारमा मेडिकल सुपरिटेण्डेन्ट फेरिने गरेको, चिकित्सकहरु तोकिएको समयमा अस्पतालमा नबसी हाजिर गरेर हिड्ने गरेको, पहुँचवालाले आफ्नो आफन्तलाई जागिर खुवाउने थलो बनेको लगायत गुनासो सेवाग्राहीको छ । यो समाचार तयार पार्दासम्म कागजात नियन्त्रणमा लिएर अख्तियारको छानबिन चलिरहेकोले छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>