Breaking News

चितवनमा कोरोनाबाट आज एकैदिन पाँच जनाको मृत्यु, ७१ संक्रमित थपिए

Banner

चितवन, भदौं १७-

कोरोना संक्रमणबाट विगत २४ घण्टामा चितवनमा पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये चितवनका तीन जना, मोरङको एक जना र लमजुङको एक जना रहेका छन् ।

चितवनका विभिन्न अस्पतालमा ९१ जना कोरोना संक्रमित बिरामीहरुले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ३४ जना, भेन्टिलेटरमा सात जना, एचडीयूमा २४ जना र सामान्य बेडमा ३३ जना रहेका छन् । त्यस्तै विगत चौबिस घण्टामा विभिन्न अस्पतालबाट १७ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
त्यसैगरी चितवनमा विगत २४ घण्टामा ७१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ५२ जना, खैरहनी नगरपालिकामा एक जना, माडीमा सात जना, रत्ननगर नगरपालिकामा सात जना, राप्ती नगरपालिकामा एक जना, कालिका नगरपालिकामा दुई जना र इच्छाकामना गाउँपालिकामा एक जना रहेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार २५४ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार १८७ जना र अस्पालको आइसोलेसनमा ६७ जना रहेका छन् । आज चितवनका तीन जनाको मृत्यु भएसँगै चितवनमा अहिलेसम्म कोरोना संक्रमणबाट ३९९ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>