Breaking News

चितवनमा मासुको उत्पादन बढ्यो, वार्षिक ३९ हजार मेक्ट्रिक टन बढी उत्पादन

Banner

चितवन, भदौ १६-

चितवनमा मासुको उत्पादन बढ्दै गएको छ ।

पछिल्लो तीन वर्षदेखि जिल्लामा खसी, बोका, भेडा, कुखुरा, बंगुर, रागाको मासु उत्पादनमा क्रमश वृद्धि भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार गत आर्थिक वर्ष ३९ हजार १७ मेक्ट्रिक टन मासु उत्पादन भएको छ । यो उत्पादन आर्थिक वर्ष २०७६÷०७७ मा भन्दा ४२४ मेक्ट्रिक टनले बढी हो । सो आर्थिक वर्ष ३८ हजार ५९३ मेक्ट्रिक टन मासू उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७५\०७६मा ३० हजार ९२८ मेक्ट्रिक टन मासु उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । यो उत्पादन २०७६÷०७७ मा भन्दा ७ हजार ६५५ मेक्ट्रिक टनले कमी हो ।

चितवनमा सबैभन्दा बढी कुखुराको मासू उत्पादन हुँदै आएको छ । कुल मासुको उत्पादनमा कुखुराले मात्रै ६४ प्रतिशत ओगटेको छ । गत आर्थिक वर्ष जिल्लामा २४ हजार ८९२ मेक्ट्रिक टन कुखुराको मासु उत्पादन भएको छ । पछिल्लो तीन वर्षको अवधिमा कुखुराको मासु पनि क्रमशः वृद्धि भएको कार्यालयले तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५÷०७६मा २२ हजार ५१६ मेक्ट्रिक टन कुखुराको मासु उत्पादन भएको थियो ।

यस्तै चितवनमा गत आर्थिक वर्ष ५ हजार ८१० मेक्ट्रिक टन रागाको मासु उत्पादन भएको छ । जिल्लामा खसी बोकाको उत्पादन पनि राम्रै रहेको छ । आर्थिक वर्ष २०७७\०७८मा दुई हजार ६८६ मेक्ट्रिक टन बंगुरको मासु उत्पादन भएको छ । तीन वर्षको अवधिमा खसीको मासु ६०१ मेक्ट्रिक टनले वृद्धि भएको हो । आर्थिक वर्ष २०७५\०७६ मा दुई हजार ८५ मेक्ट्रिक टन खसीको मासु उत्पादन भएको भेटेरिनरी अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै गत आर्थिक वर्ष चितवनमा बंगुर ९५५, हाँसको मासु ११० र भेडाको मासु ११ मेक्ट्रिक टन उत्पादन भएको कार्यालयका सूचना अधिकारी तथा पशु सेवा अधिकृत डा. रामचन्द्र आचार्यले जानकारी दिए । सरकारले बाख्रा, पाडा तथा कुखुरा पालनमा किसानलाई अनुदान वृद्धि गर्न थालेपछि मासुको उत्पादन बढ्दै गएको उनको भनाइ छ । अहिले चितवनको उत्पादन भएको मासु जिल्ला बाहिर जाने गरेको उनले बताए । अहिले जिल्लामा तीन लाख १० हजार बाख्रा, ७२ हजार ८३३ भैसी, तीन हजार ८७० भेडा, १६ हजार ८७६ बंगुर, एक करोड ४७ लाख ७३ हजार २२७ कुखुराका चल्ला र ३८ हजार २५२ हाँस रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>