चितवन विशेष

चितवनका साहित्यकार अविरलको नयाँ उपन्यास ‘मोक्ष’ बजारमा

Banner

चितवन, भदौं १६-

चितवनका युवा साहित्यकार सिर्जन अबिरलको नयाँ उपन्यास ‘मोक्ष’ बजारमा आएको छ ।

माओवादी विद्रोहको युद्ध कथामा आधारित उपन्यासलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

उपन्यास अयोग्य लडाकुहरुको जीवनकथालाई सुक्ष्म ढंगले चित्रण गरेको छ । उपन्यासकार अविरलले माओवादी विद्रोहको विषयहरु नयाँ पुस्तालाई जानकारी दिनको लागि उपन्यास लेखिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ तत्कालिन समाजमा रहेको युद्ध मोह, समयका डोबहरु, युद्धको असरजस्ता विषयको वरिपरी उपन्यास केन्द्रित रहेको छ । विचार, दर्शन, दलन र अयोग्य लडाकुहरुको भोगाइलाई उपन्यासमा समेटेको छु ।’ उपन्यासलाई काब्यात्मकरुपमा लेखिएकोले प्रस्तुति र भाषाशैलीमा उपन्यास अब्बल रहेको अविरलले दाबी गरे ।

२३७ पृष्ठको उपन्यास मोक्ष साहित्यकार अविरलको पहिलो उपन्यास र चौथो कृति हो । यसअघि उनको विसं २०६० मा ‘म आकाश हेरिरहेछु’ कविता संग्रह, २०६१ मा ‘आधिगायक सेतुरामदेखि दिलमाया खातीसम्म’ जीवनी संग्रह र विसं २०७० सालमा ‘क्यान्टोनमेन्ट र अरु कविता’ कविता संग्रह प्रकाशित भइसकेका छन् । नेपाली गीतसंगित र साहित्यमा विशेष दख्खल राख्ने अविरल चितवनका कुशल रेडियो पत्रकार र नेपाली विषयका प्राध्यापक पनि हुन् । उपन्यासलाई भदौं १९ गते शनिबार भरतपुरको अंकुरम एकेडेमीमा सार्वजनिकीकरण गर्ने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>