अर्थ

दराज र आइएमई पेबीच सहकार्य

Banner

काठमाडौं,भदौं १५-

इकमर्स कम्पनी दराजले मोबाइल वालेट आइएमई पेसँग साझेदारी गरेको छ। दराजले आइएमई पेसँगको साझेदारी पछि देशका विभिन्न स्थानहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु सुरु गर्ने घोषणा गरेको छ।

दराजका ग्राहकहरुले आफ्नो नजिकको आइएमई पे हबमा गएर खरिद गरेको कुनै पनि सामानहरु सजिलै फिर्ता गर्न सक्ने दराजले जनाएको छ। दराजका अनुसार तत्काल ६ स्थानमा हब खोलिएको जनाएको छ।

दराजले आइएमईसँगको सहकार्यमा बज्र सब रेमिट (जोरपाटी), काठमाडौँ, हेलो हाई कनेक्सन (जावलाखेल), ललितपुर,सिम्पल सब मनि ट्रान्सफर (कोटेश्वर), पीबी ट्राभल्स एण्ड टुर्स (बुद्ध चोक, पोखरा), सामभावी ट्रेडर्स (बैंक अफ काठमाडौं, बिराटनगर) र न्यू वीरगंज मनी ट्रान्सफर (भानु चोक, वीरगंज) मा हब खोलेको जनाएको छ।

थप १८ स्थानमा आगामी हप्तासम्म नयाँ हबहरु खोलिने दराजले जनाएको छ। यसैगरी दराजका ग्राहकहरुले दराज एप मार्फत पनि सामान फिर्ता गर्न सक्ने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>