Breaking News

नेपालमा थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

Banner

काठमाडौं, भदौं १४

पछिल्लो २४ घण्टामा थप दुई हजार २९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा एक हजार ९०२ जना र चार हजार ३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ८०८ रहेको छ र मृत्यु हुनेको संख्या १६ रहेको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या आठ लाख ६१ हजार १२४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ भने ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने दुई हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६६५, ललितपुरमा १३८, झापामा ११७, कास्कीमा १०७, भक्तपुरमा १०३ र सुनसरीमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ९०, चितवनमा ५६, नुवाकोटमा ३९, मकवानपुरमा ३७, कालिकोटमा ३२, धादिङमा २८, काभ्रेपलाञ्चोक, दोलखा र बाँकेमा २४÷२४ जना, नवलपरासी पूर्व र दाङमा १९÷१९ जना, उदयपुर, रामेछाप र जुम्लामा १७÷१७ जना, सिन्धुपाल्चोकमा १५, गोरखा र तनहुँमा १२÷१२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>