चितवन विशेष

भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा प्रा.डा कृष्ण पौडेल नियुक्त

Banner

चितवन,भदौं १४-

सरकारले भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा प्रा.डा कृष्ण प्रसाद पौडेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार प्रा.डा पौडेललाई मेडिकल सुपरिटेण्डेण्ट नियुक्त गर्नुभएको हो ।

हाडजोर्नी विशेषज्ञ प्रा.डा पौ‍डेल भरतपुर अस्पतालमा नै कार्यरत हुनुहुन्छ । उहाँ यस अघि पनि अस्पतालको मेसु भईसक्नु भएको छ । उहाँ लामो समय भरतपुर अस्पतालमा कार्यरत रहेका कारण अस्पतालको स्तरोन्नतीमा सहज हुने धेरैको अनुमान छ । अस्पतालमा डा. रोशन न्यौपाने मेसु हुनुहुन्थ्यो । मन्त्रालयले उहाँको स्थानमा डा पौडेललाई जिम्मेवारी दिएको हो ।

छोटो समयमा नै मेसु परिवर्तन भईरहँदा भरतपुर अस्पताल व्यवस्थित हुन नसकेको गुनासो रहँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>