Breaking News

चितवनमा विगत २४ घण्टामा १२७ मिलिमिटर पानी पर्‍यो, जनजीवन प्रभावित

Banner

चितवन, भदौं १३-

चितवनमा परेको भारी वर्षाको कारण जनजीवन प्रभावित भएको छ ।

चितवनका सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति पानीको कारणले निकै कम थियो भने मुख्य बजारी क्षेत्रमा मानिसको आवागमन निकै घटेको थियो । रत्ननगर, भण्डारा, टाँडी, नारायणगढ, माडीको बसन्तपुर, पश्चिम चितवनको चनौली, मुग्लिनलगायतका बजारी क्षेत्रमा धेरै कम मानिस सडकमा देखिए । पहाडी क्षेत्रमा परेको पानीले नारायणी नदीमा बहाब बढेको छ भने गैँडाकोट क्षेत्र पनि जलमग्न भएको छ ।

देशभरको तथ्यांकलाई विश्लेषण गर्दा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कपिलवस्तुमा १८२ मिलिमिटर पानी परेको छ । चितवनमा १२७, पाल्पामा १२४ र नवलपरासीमा ११५ मिलिमिटर पानी परेको छ । चितवनमा कपिलवस्तुपछि नेपालमै धेरै पानी परेको जल तथा मौसम विभागले जनाएको छ । चितवनमा अहिलेसम्म कुनै मानवीय क्षति भएको समाचार भने आएको छैन । भरतपुरबाट माडी जाने बाटो खोलामा बाढी आउँदा अवरुद्ध छ भने बुटवल जाने सडक पनि थुम्सी खोलामा डाइभर्सन भत्कदा अवरुद्ध छ ।

मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबारबाट भने मौसम विस्तारै खुल्दै जाने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>