Breaking News

निरन्तरको बर्षाले गैँडाकोट क्षेत्र जलमग्न (फोटो फिचरसहित)

Banner

चितवन, भदौं १३-

शनिबारदेखि निरन्तर परेको झरीले नवलपुर (नवलपरासी सुस्तापूर्व) को गैँडाकोट क्षेत्र डुबानमा परेको छ ।

पानीको उपयुक्त निकास नहुँदा गैँडाकोट नगरपालिका अधिकांश घर र सडक डुबानमा परेका हुन् ।

आँगनमा जम्मा भएको पानी घरभित्र पसेपछि खाद्यान्न र लुगाफाटोसमेत भिजेको स्थानीयले बताएका छन् । प्लटिङ गरेका घडेरीमा पानी निकासका लागि नाला नबनाइएको र समथर भूभाग भएका कारण बाढीले निकास नपाउँदा समस्या देखिएको हो । त्यस क्षेत्रमा लगाइएको धान पनि पानीमा डुबेको छ । यसअघि गत असारमा पनि गैँडाकोटका अधिकांश क्षेत्र डुबानमा परेका थिए ।

 

फोटोः पत्रकार नारायण शर्माको फेसबुकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>