Breaking News

चितवनमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, ५४ संक्रमित आईसीयू र भेन्टिलेटरमा

Banner

चितवन, भदौं १३-

चितवनमा कोरोना संक्रमणबाट विगत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवन मेडिकल कलेजमा चितवन र रुपन्देही जिल्लाका एक\एक जना बिरामी र पुरानो मेडिकल कलेजमा काभ्रेका एक जनाको कोरोना संक्रमणको कारणले मृत्यु भएको हो । आज चितवनका एक जना थपिएसँगै चितवनमा कोरोना संक्रमणबाट आजसम्म ३९१ जनाले ज्यान गुमाएका छन् ।

चितवनका विभिन्न अस्पतालमा ११६ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ४२ जना, भेन्टिलेटरमा १२ जना, एचडीयूमा २० जना र जेनरल बेडमा ५२ जना कोरोना संक्रमित बिरामी रहेका छन् ।

चितवनमा विगत २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा २८ जना, रत्ननगर नगरपालिकामा पाँच जना र कालिकामा एक जना कोरोना संक्रमित थपिएका हुन् । अहिले चितवनमा कोरोना संक्रमण दर घटेसँगै सक्रिय संक्रमितको संख्या पनि घटेर एक हजार ५९१ रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ५०३ जना, अस्पतालको आइसोलेसनमा ८८ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट कोरोना संक्रमित १८ जना बिरामी डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>