Breaking News
मगई खोलामा बाढी आएपछि भरतपुर–माडी सडक अवरुद्ध
०

चितवन, भदौं १३-
भरतपुर–माडी सडक खण्डको मगई खोलामा बाढी आएपछि यातायात अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार चितवनमा परेको निरन्तको बर्षाको कारणले मगई खोलामा बाढी आएपछि यातायात अवरुद्ध भएको हो ।
त्यसैगरी ठाउँठाउँमा आएको बाढीले माडीबाट ठोरीसम्म पनि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । माडीका मगई, वगई, रतने, घाँघरलगायतका खोलामा बाढी आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























