चितवन विशेष
देवघाटमा युवालाई नेतृत्व विकास तालिम

चितवन, भदौं १२-
देवघाट गाउँपालिकामा युवालाई लक्षित गरी एक दिने नेतृत्व विकास तालिम दिइएको छ ।
देवघाट गाउँपालिमा रहेका विभिन्न प्रतिनिधिमूलक रुपमा रहेका प्रशिक्षार्थीहरुलाई नेतृत्व विकास, व्यक्तित्व विकास र क्षमता विकाससम्बन्धी तालिम प्रदान गरिएको हो ।
चितवनका युवा अभियन्ता विमल केसीले तालिम प्रदान गरेका हुन् । विभिन्न महान वाणी र भनाइ टुक्कासहित विषयलाई प्रष्टाउने कार्य गरिएको प्रशिक्षक केसीले बताए । सहभागीले तालिमको उपलब्धिको विषयमा भनाइ राखेका थिए । आगामी दिनमा अझ वृहत् सहभागिता र समयसहित यस्तै कार्यको निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रमका प्रशिक्षक केसीले युवामा सकारात्मक सोचको विकास हुनुका साथै यसले समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । केसीले युवालाई सही मार्गमा डो¥याउनका लागि तालिम प्रदान गरिएको जनाए । तालिममा करिब २० जनाको सहभागिता रहेको थियो ।























