चितवन विशेष

दुरसँचार प्राधिकरणद्धारा महोत्तरीका युवा राय सम्मानित

Banner

चितवन, भदौ १२–

नेपाल दुरसँचार प्राधिकरणद्धारा महोत्तरीका एक युवक सम्मानित भएका छन् । एनसेलको एपमा देखिएको समस्यालाई प्राधिकरणलाई समयमै जानकारी गराएको भन्दै राजेश कुमार रायलाई प्रशँसा पत्र प्रदान गरिएको हो।

दुरसँचार प्राधिकरणले रायलाई एक पत्र लेख्दै चलानी नम्बर ७८६ को अनुसार एनसेल एपको एकाउण्ड फिचरसँग कमी कमजोरीको बारेमा प्राधीकरणलाई इमेल मार्फत गुनासो गरेको भन्दै प्रशँसा पत्र दिएको हो । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा पटौली बस्ने रायले गत २७ जुलाईमा एनसेलको एपमा भएको कमजोरीको बारेमा गुनासो गरेका थिए । एपमा देखिएको गोपनीयताको विषयको कमी कमजोरीको बारेमा पत्ता लगाएर उनले प्राधीकरणलाई जानकारी गराएका थियो ।

सोही गुनासोको आधारमा प्राधिकरणलाई सहयोग गरी योग्दान पुर्‍याएको भन्दै रायलाई प्रशँसा पत्र प्रदान गरिएको नेपाल दुरसँचार प्राधिकरणका उपनिर्देशक रोजा किरण वासुकलाले जानकारी दिइन् । केही दिन अगाडी मात्रै नेपाल टेलिकम मा अरु को ब्यालेन्स र डाटा जो कसै ले जो कसै को हेर्न सकिने कमजोरी पत्ता लगाइ नेपाली टेलिकम लाई सचेत गराएको थियो। र टेलिकम ले तुरुन्तै आफ्नो कमजोरी सुधार गरेको पनि थियो।

आईटी क्षेत्रमा कार्यरत रायले अन्य विभिन्न निकायको कमी कमजोरीलाई प्राधीकरणसम्म पुर्‍याउने कार्य गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>