Breaking News
नारायणी नदीले सतर्कता तह पार गर्यो
०

चितवन, भदौ ११
नारायणी नदीले सतर्कता तह पार गरेको छ ।
जलमापन केन्द्र देवघाटका अनुसार अहिले नारायणी नदीको सतह ७.३३ मिटर पुगेको छ । ७ मिटर पुगेपछि सतर्कता तह पार गरेको मानिन्छ ।
निरन्तर परिरहेको झरीले गर्दा नारायणीको सतह निरन्तर बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसाधरणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै प्रशासनले हुन सक्ने संभावित भवितव्यलाई मध्यनजर गर्दै सबै संयन्त्रलाई तयारीमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























