Breaking News

चीनमा उत्पादन भएको खोपलाई नेपालमा ट्रायल गर्न मन्त्रिपरिषद्को अनुमति

Banner

काठमाडौं,भदौं १०-

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्ध खोपको ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति दिएको नेपाल सरकारका कानुनमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए । कोरोनाको खोपसँगै बैठकले हैजाविरुद्धको खोपको पनि परीक्षण गर्न अनुमति दिने निर्णय गरेको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीका अनुसार परिषदले इथिकल स्वीकृति प्रदान गरेको चीनमा निर्मित वालभ्याक्स खोपलाई मन्त्रिपरिषदले परीक्षण गर्न अनुमति प्रदान गरेको हो । उनका अनुसार चिनियाँ कम्पनीले नेपालमा देउराली जनता फार्मास्यूटिकल्ससँगको सहकार्यमा खोपको परीक्षण गर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>