चितवन विशेष

चितवनमा कृष्णाष्टमीमा गरिने रोपाइँ जात्रा स्थगित

Banner

चितवन, भदौं १०-

चितवनमा हरेक वर्ष कृष्णाष्टमीमा गरिने रोपाइँ जात्रा यस वर्ष स्थगित गरिएको छ ।

नारायणी कला मन्दिरले हरेक वर्ष सञ्चालन गर्दै आइरहेको रोपाइँ जात्रा यस वर्षलाई स्थगित गर्ने निर्णय गरेको हो ।

कार्यसमितिको बैठकबाट हरेक वर्ष मनाउँदै आइरहेको रोपाईं जात्रा कोरोना महामारीको कारणले गर्दा कृष्णाष्टमीको दिन आयोजना हुने जात्रालाई यो वर्षको लागि स्थगित गरिएको समेत संस्थाका अध्यक्ष उद्धव जोशीले जानकारी दिए ।

कला मन्दिरको बैठकले संस्थाका पूर्वअध्यक्ष दिपक प्रधानलाई बालकुमारी उच्च माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनित भएकोमा सफल कार्यकालको शुभकामना एवम् बधाई पनि दिएको छ । त्यसैगरी आजको कार्यसमितिको बैँठकमा संस्थाका सह–सचिव सनद पिया बालकुमारी माध्यमिक विद्यालयको अल्मुनाइ एसोसियसनको कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकोमा सम्मान गरिएको सचिव अनुकूल श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>