Breaking News

चितवनमा आज १२४ जनामा कोरोना संक्रमण, थप दुई जनाको मृत्यु

Banner

चितवन, भदौं १०-

चितवनमा आज १२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ७८ जना, खैरहनीमा एक जना, माडीमा २३ जना, रत्ननगर नगरपालिकामा १६ जना, राप्तीमा पाँच जना, कालिकामा एक जना थपिएका हुन् ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ७८४ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ६७९ जना र अस्पतालको आइसोलेसनमा १०५ जना रहेका छन् ।

त्यसैगरी चितवनमा आज कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवन मेडिकल कलेजमा नवलपुरको एक जना र पुरानो मेडिकल कलेजमा चितवनका एक जनाको मृत्यु भएको हो ।

योसँगै चितवनका विभिन्न अस्पतालमा कोरोनाका १४८ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ५९ जना, भेन्टिलेटरमा २० जना, एचडीयूमा २१ जना र जेनरल बेडमा ६८ जना रहेका छन् । विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट २७ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>