क्रिकेट
सन्दीप दोस्रोपटक होबार्ट हरिकेन्सबाट बिबिएल खेल्ने
०

काठमाडौँ, भदौ १०–
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दोस्रोपटक होबार्ट हरिकेन्सबाटनै बिग ब्यास लिग (बिबिएल) खेल्ने पक्का भएको छ ।
अष्ट्रेलिया चर्चित बिबिएलमा होबार्टले ११ औं संस्करणको लागि सन्दीपसँग सम्झौता नवीकरण गरेको जनाएको छ । सन्दीप ११ औं सिजनको बिबिएलमा होबार्टले सम्झौता गरेको पहिलो विदेशी खेलाडी हुन् ।
सन्दीपले गत वर्ष होबार्टबाटनै बिबिएल खेल्दै ८ खेलमा ८ विकेट लिएका थिए । उत्कृष्ट प्रदर्शन २–२४ हुँदा इकोनमी ७।५४ थियो । सन्दीपले आफू अष्ट्रेलिया फर्किदै होबार्टबाट खेल्न प्रतीक्षामा रहेको बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















